Section 22
अवधि पूरा नहुँदै सरुवा गर्न सकिने
दफा २१ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै कर्मचारीलाई अवधि पूरा नहुँदै सरुवा गर्न सकिनेछः–
(क) शारीरिक वा मानसिक अस्वस्थताको कारण कुनै कर्मचारी कुनै स्थानमा रही काम गर्न नसक्ने कुरा नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेमा,
(ख) कुनै कर्मचारीलाई विभागीय कारबाही गर्नु परेमा,
(ग) दरबन्दी कटौती भई सो दरबन्दीमा कार्यरत कर्मचारी फाजिलमा परेमा,
(ग१) कुनै कर्मचारीलाई विशेष जिम्मेवारी दिनु परेमा,
(घ) ग्रामीण स्वास्थ्य कार्यकर्ता, आयुर्वेदिक स्वास्थ्य कार्यकर्ता र मातृशिशु कार्यकर्ताको पदमा कार्यरत कर्मचारीलाई पारस्परिक सहमतिको आधारमा वा त्यस्तो पद कुनै कार्यालयमा रिक्त भएमा कर्मचारीको मागको आधारमा ।